गृहपृष्ठ Featured वेस्ट इन्डिजको भारतमाथि लगातार दोस्रो जित

वेस्ट इन्डिजको भारतमाथि लगातार दोस्रो जित

प्रकाशित मिति:

निकोलस पुरनको उत्कृष्ट ६७ रनको मदतले वेस्ट इन्डिजले दोस्रो ट्वान्टी–२० मा आइतबार भारतलाई दुई विकेटले पराजित गरेको छ । भारतको लगातार दोस्रो हारमा तिलक वर्माले आफ्नो पहिलो अन्तर्राष्ट्रिय अर्धशतक बनाए ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले सात विकेटमा १ सय ५२ रन बनाएको थियो । जवाफमा वेस्ट इन्डिजले १८.५ ओभरमा आठ विकेट गुमाएर १ सय ५५ रन बनायो । अन्त्यतिर घरेलु टिमले तीन विकेटमा चार विकेट गुमाएपछि दबाबमा आएको थियो ।

तर पुछारका ब्याटर अल्जारी जोसेफ र एकेल हुसेनले सम्हालेर खेले । टरोबामा भएको पहिलो खेल जितेको वेस्ट इन्डिजले अब पाँच खेलको ट्वान्टी–२० सिरिजमा २–० को अग्रता लिएको थियो ।

सम्बन्धित् समाचार