गृहपृष्ठ Featured एमालेको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सुरु

एमालेको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सुरु

प्रकाशित मिति:

रुपन्देही ।

नेकपा एमालेका उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारका गतिविधिका कारण मुलुकमा अस्थिरता पैदा बढेको बताएका छन् ।

मुलुकको प्रधानमन्त्रीले राष्ट्र हितभन्दा बाह्य हितको लागि काम गरिरहेको आरोप लगाउँदै नेता ज्ञवालीले देश विकासको लागि बलियो राष्ट्रिय शक्तिको आवश्यक परेको बताएका छन् ।

सोमबारदेखि लुम्बिनीको दाङ देखुरीमा प्रदेश पार्टी स्कुल विभागले आयोजना गरेका प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक स्थायित्वको जगमा बलियो राष्ट्रिय शक्तिको आवश्यक रहेपनि निर्वाचनबाट जनमत छरिएका कारण मुलुकले समस्या भोग्नुपरेको तर्क गरे ।

प्रधानमन्त्रीको ध्यान राष्ट्रतिर नभई आफ्नो कुर्सीको खुट्टातिर मात्रै रहेकाले मुलुकमा संकट उत्पन्न भएको उनले दावी गरे ।
‘६–७ वटा पार्टी नमिलेसम्म सरकार बन्न सक्ने अवस्था छैन । छरिएको जनमत आयो । प्रधानमन्त्रीको ध्यान राष्ट्रतिर भन्दा आफ्नो कुर्सीको खुट्टातिर मात्रै छ’, उनले भने, ‘प्रधानमन्त्रीले हरेक बिहान उठ्दा खेरी, हरेक साँझ सुत्दाखेरी कतैबाट आरा लाग्यो की, कतैबाट मुसाले खाइदियो की भनेर गन्नुपर्ने स्थिति छ ।’

नेता ज्ञवालीले एमालेले स्कुल विभागलाई चुस्त बनाउँदै कार्यकर्ता प्रशिक्षणलाई व्यापक बनाउनेगरी काम अघि बढेको जानकारी दिए । चार तहमा एमालेको स्कुल विभागले कक्षाहरु सञ्चालन गर्ने भन्दै त्यसबाट विचारको बलियो जग निर्माण हुने उनको भनाई छ ।

सम्बन्धित् समाचार