वैखरी अनलाइन, दाङ ।
आँखा पाक्ने संक्रमण बढेपछि गढवा गाउँपालिकाका विद्यालयहरु एक साताका लागि बन्द गरिएको छ ।
आँखाका बिरामी तीव्र रुपमा बढेपछि गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै साउन २८ गतेसम्म विद्यालयमा पठनपाठन बन्द गर्ने जानकारी गराएको हो ।
अन्य जिल्लामा झैं दाङमा पनि केही दिनयता विद्यालय तथा समुदायस्तरमा बालबालिकाहरुको आँखा चिलाउने, पाक्ने र रातो हुने प्रकोप बढेको छ ।
प्रकोप फैलनबाट रोक्नका लागि तथा जोखिम न्यूनीकरणका लागि विद्यालय बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले बताए ।