गृहपृष्ठ Featured नेविसंघको केन्द्रिय सदस्यमा कृष्ण आचार्य

नेविसंघको केन्द्रिय सदस्यमा कृष्ण आचार्य

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

नेपाल विधार्थी संघ ‘नेविसंघ’ को केन्द्रिय तदर्थ कार्यसमिति सदस्यमा बुद्धभूमिका कृष्ण आचार्य मनोनित भएका छन् । बुद्धभूमि नगरपालिका १ निवासी आचार्य सोमबार केन्द्रिय तदर्थ कार्यसमिति सदस्यमा मनोनित भएका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित केन्द्रीय तदर्थ कार्यसमितिमा ७१० जना सदस्य मनोनित गरेका थिए । सोही अन्तर्गत कपिलवस्तुबाट ८ जना मनोनित भएका थिए । उनले विधार्थीको हकहित र अधिकारको लागी थप शसक्त रुपमा आवाज बुलन्द गर्ने प्रतिवद्धता जनाएका छन् ।

उनले बुद्धभूमिमा नेविसंघलाई सुदृढ बनाउँदै नेपाली कांग्रेसलाई एकताबद्ध बनाउन लाग्ने बताएका छन् ।

आचार्य जुझारु विधार्थी नेतासंगै सफल व्यवसायीका रुपमा परिचित छन् ।

सम्बन्धित् समाचार