वैखरी अनलाईन, बाणगंगा ।
नेपाल विधार्थी संघको केन्द्रिय तदर्थ कार्यसमिति सदस्यमा बाणगंगाका तिलकराम पाण्डे ‘टिआर’ मनोनित भएका छन् । जिल्लाको बाणगंगा नगरपालिका ८ निवासी पाण्डे सोमबार केन्द्रिय तदर्थ कार्यसमिति सदस्यमा मनोनित भएका हुन् ।
पाण्डे जुझारु विधार्थी नेतासंगै सफल व्यवसायीका रुपमा परिचित छन् । पाण्डेले विधार्थीको हकहित र अधिकारको लागी थप शसक्त रुपमा आवाज बुलन्द गर्ने प्रतिवद्धता जनाएका छन् ।
विगतमा पनि विधार्थीहरुको साथमा रहेर काम गर्दै आईरहेको बताउँदै उनले भने, ‘विधार्थीहरुको समस्यालाई नजिकबाट बुझेर समाधानका लागी पहल गर्ने छु । अहोरात्र खट्ने छु ।’
उनले नेविसंघलाई सबै विधार्थीहरुको साझा संघका रुपमा स्थापित गराउने प्रतिवद्धता जनाएका छन् । नेविसंघलाई सुदृढ र संगठित बनाएर अघि बढ्ने उनको भनाई छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित केन्द्रीय तदर्थ कार्यसमितिमा ७१० जना सदस्य मनोनित गरेका थिए । सोही अन्तर्गत कपिलवस्तुबाट ८ जना मनोनित भएका थिए ।