गृहपृष्ठ Featured कपिलवस्तु नगरपालिकाद्धारा आईफ्लुको औषधी निःशुल्क वितरण

कपिलवस्तु नगरपालिकाद्धारा आईफ्लुको औषधी निःशुल्क वितरण

कपिलवस्तु।

आँखा पाक्ने रोग आई फ्लुको संक्रमण बढदै गएपछि कपिलवस्तु नगरपालिकाले नगर क्षेत्रका स्वास्थ्य संस्थाबाट औषधी निशुल्क बितरण सुरु गरेको छ । कपिलवस्तु नगरपालिकाका ७ वटा स्वास्थ्य चौकी, ५ वटा आधारभुत स्वास्थ्य सेवा केन्द्र र १ वटा नगर स्वास्थ्य केन्द्र गरि १३ वटा स्वास्थ्य संस्थाबाट निशुल्क औषधी बितरण शुरु गरिएको हो ।

नगर स्वास्थ्य शाखामा भण्डार गरिएको ३ हजारको संख्यामा रहेको सिप्रो आई ड्रप, सिप्रो मलहम र टेट्रा साईक्लिन मलहम नगरका सबै स्वास्थ्य संस्थामा निशुल्क बितरण गर्नका लागि पठाईएको नगर स्वास्थ्य शाखाका प्रमुख उमेश गुप्ताले जानकारी दिए । यसै बिच मंगलबार बसेको नगर कार्य पालिकाको आकस्मिक बैठकले थप ८ हजार थान आईड्रप खरिद गरी निशुल्क बितरण गर्ने निर्णय गरेको छ ।

कार्य पालिकाको बैठकको निर्णय अनुसार थप ८ हजारको संख्यामा आईड्रप खरिद गरि तत्कालै सबै स्वास्थ्य संस्थामा पुराइने गुप्ताले जनाए । आँखा पाक्ने रोग महामारीको रुपमा फैलिन थाले पछि नगरले निशुल्क रुपमा औषधी बितरणका लागी भण्डारण गरिएका औषधी स्वास्थ्य संस्थामा पठाउने र आवश्यक पर्ने ८ हजार थान आई ड्रप खरिद गर्ने कार्य पालिका बैठकबाट निर्णय गरेको नगर प्रमुख सुदिप पौडेलले जानकारी दिए ।

सम्बन्धित् समाचार