गृहपृष्ठ Featured भैरहवा उडेको बुद्ध एयरको जहाजलाई काठमाडौंमै अवतरण !

भैरहवा उडेको बुद्ध एयरको जहाजलाई काठमाडौंमै अवतरण !

प्रकाशित मिति:

काठमाडौं ।

काठमाडौंबाट भैरहवा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गरिएको छ ।

बुद्धको एटीआर ८५७ को जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन विमानास्थलमै फर्काएर अवतरण गरिएको छ ।

जहाजमा सवार यात्रुहरुलाई अर्को विमानमा राखेर भैरहवा पठाउन लागिएको बुद्ध एयरले जनाएको छ । बुद्ध एयका अनुसार समस्या आएको सो जहाजलाई प्राविधिक टिमले चेक जाँच गरिरहेको छ ।

सम्बन्धित् समाचार