वैखरी अनलाईन, बाणगंगा ।
डिभिजन बन कार्यालय कपिलबस्तुका प्रमुख विजयराज सुवेदीले वनको संरक्षण र प्रवर्द्धनबाट देशको समृद्धिमा योगदान पुग्ने बताएका छन् । वनको बहुउपयोगीतामा ध्यान दिदैं यसको प्रयोग, दिगो व्यवस्थापन र संरक्षण तथा प्रवर्द्धनबाट देशको समृद्धिमा योगदान पुग्ने उनको भनाई छ ।
सामुदायिक वन दिवसको अवसरमा आयोजित वन व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘उत्पादन, रोजगार र समृद्धिका लागि सामुदायिक वन व्यवस्थापन’ भन्ने नाराकासाथ दिवस मनाइएको हो ।
उनले सामुदायिक बन काठ दाउराका लागि मात्रै नभएर दिगो उत्पादन र रोजगारी बढाउदै समृद्धि हासिल गर्नुपर्नेमा जोड दिए । सामुदायिक वन विकासको ऐतिहासिक पृष्ठभूमिको बिषयमा जानकारी दिदै उनले सहभागिहरुको जिज्ञासाहरुको सुझाव दिँदै सामुदायिक वनहरुले कार्यतालिका बमोजिम काम गर्नुपर्नेमा जोड दिए ।