कपिलवस्तु ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका- ६ कर्मा गाउँका एक दम्पत्तीको सामाजिक सुरक्षा वापतको २४ हजार रकम लुटपाट भएको छ ।
मोटरसाइकलमा आएका अपरिचत ब्यक्तिले बिहीवार बिहान साढे ११ बजेतिर ८४ बर्षिया पुनर्बासि बरई र निजकै श्रीमति बर्ष ७९ बर्षिया बुच्चा बरईको बृद्ध भत्ता लुटेर फरार भएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव क्षेत्रीले जानकारी दिए ।
शुद्धोधन गाउँपालिकाकै लबनीमा रहेको प्राइम बैक लवनि शाखा बाट तीन महिनाको भत्ता बापत दुबैले बुझेर कर्मा तर्फ लागेको थिए । सेतो सर्ट र कालो पाईन्ट लगाएका मोटरसाईलमा आएका अपरिचित ब्यक्तिले व्यक्तिले दुबै जनालाई घर पुर्यादिन्छु भनि मोटरसाईलमा बसाएका थिए । ती ब्यक्तिले शुद्धोधन गाउपालिका- ३ बेथीखोला नजिक मोटरसाईलकबाट उतारी डर धम्कि देखाई सो रकम लुटेर फरार भएका थिए ।
लुटेराको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक क्षेत्रीले बताए । उता सो बिषयमा आफुलाई बिहीवार साझ ७ बजे सम्म कुनै जानकारी नभएको प्रहरी नायब उपरिक्षक तथा प्र्रबक्ता मिन बहादुर घले बताए ।








