कपिलवस्तु ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा मेलमिलाप सम्बन्धी ४८ घण्टे आधारभूत तालिम सम्पन्न भएको छ । ‘हाम्रो समस्या, हाम्रै समाधान’ भन्ने मुल नाराका साथ बुद्धभूमि नगरपालिका र प्रो पब्लिकको आयोजना तथा जिआईजेडसंगको सहयोगमा गरिएको आठ दिवसीय आधारभूत तालिम विहिबार एक कार्यक्रमका बीच सम्पन्न गरिएको हो ।
तालिम नगरभित्रका १० वटै वडाबाट छनौट गरिएका ३० जनाका साथै न्यायिक समिति तथा नगरपािलकाका गरी जम्मा ३५ जना सहभागिहरूको सहभागिता रहेको थियो । तालिम प्राप्त गरेका मेलमिलापकर्ताहरूले सहभागितात्मक, अन्तक्रियात्मक र प्रयोगात्मक बिधिबाट सिकेका ज्ञान र शिपहरूको माध्यमबाट समुदायमा आउने विवादहरूलाई जितजितको अवस्थामा समाधान गरी समाजमा शान्ति, सद्भाव र सहकार्यको अवस्थालाई प्रवद्र्दन गर्नमा क्रियाशिल रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
समापन कार्यक्रममा बोल्दै कार्यक्रमक प्रमुख अतिथि बुद्धभूमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धुर्व प्रसाद नेपालले समुदायमा हुने विवादहरु मेलमिलामकर्ता मार्फत निरुपण हुने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । “समाजमा उत्पन्न हुने न्यायिक समितिको क्षेत्राधिकारभित्र पर्ने बिवादलाई वस्ती स्तरमै मेलमिलापको माध्यमबाट सुझाउन वडा स्तरीय मेलमिलाप केन्द्र स्थापना गर्ने तयारीमा छौ,” उहाँले भन्नुभयो । मेलमिलापकर्ताले प्रभावकारी भूमिका निर्वाह गर्न सकेमा वस्ती स्तरमै बिवाद निरुपण हुने, मेलमिलाप कायम हुने, न्यायिक समिति, प्रहरी, अदालत र अन्य अर्धन्यायिक निकायमा धाउने समय र खर्चको बचत हुने उहाँले बताउनुभयो।
प्रो पब्लिकका अध्यक्ष डा. निर्मला के.सी.ले तालिममा सिकेका कुरालाई व्यवहारमा ल्याउनु पर्ने बताउनुभयो। उहाँले ८ दिनमा सिकेका कुराले समाजमा हुने विवादलाई सहजै मेलमिलाप गर्नेमा आफु विश्वस्त रहेको बताउनुभयो।
तालिममा विवाद, मेलमिलापको पद्धती, मेलमिलाप सम्वन्धी प्रचलित कानुनी व्यवस्था, मेलमिलापको शिप, मेलमिलाप प्रक्रिया, विवाद छनौट, मेलमिलापकर्ताका गूणहरु र मेलमिलापका आचारसहिंता, सहमतीय निकास लगायतका विवीध बिषयमा प्रशिक्षण भएका थिए । बाबुराम पौडेल र झबिन्द्र अधिकारीले तालिमको सहजिकरण गर्नुभएको थियो ।
तालिम प्राप्त गरेका मेलमिलापकर्ताहरूले सहभागितात्मक, अन्तक्रियात्मक र प्रयोगात्मक बिधिबाट सिकेका ज्ञान र शिपहरूको माध्यमबाट समुदायमा आउने विवादहरूलाई जित जितको अवस्थामा समाधान गरी समाजमा शान्ति, सद्भाव र सहकार्यको अवस्थालाई प्रवद्र्दन गर्नमा क्रियाशिल रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रम जनहित संरक्षण मञ्च (प्रो.बब्लिक) का अध्यक्ष डा. निर्मला के.सी.को अध्यक्षता, बुद्धभूमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धुर्व प्रसाद नेपालको प्रमुख आथित्यता रहेको उक्त कार्यक्रममा नगरका सम्पुर्ण वडा अध्यक्ष, स्थानीय समाजसेवि, पत्रकार लगायतको उपस्थिति रहेको थियो।