गृहपृष्ठ Featured कपिलवस्तुमा विषालु च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी

कपिलवस्तुमा विषालु च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुमा विषालु च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी परेका छन्। विहिबार जिल्लाको मायादेवी गाउँपालिका- ७ लालपुर बस्ने एकै परिवारका ७ जना विरामी परेका हुन् ।

बिषादी च्याउ खादाँ ४५ बर्षीय बिन्दु ठाकुर, २६ बर्षीय ठाकुर, २९ बर्षीय धर्मेन्द्र ठाकुर, २७ बर्षीय कुसुम ठाकुर, ४ बर्षीय अन्शिका ठाकुर, ६ बर्षीय ज्योति ठाकुर र ३ बर्षीय सुशान्त ठाकुर विषालु च्याउ खाँदा  बिरामी परेका हुन् ।

उनीहरुको जिल्ला अस्पताल तौलिहवा उपचार भईरहेको छ ।

उनीहरुको अवस्था सामान्य रहेको बताईएको छ ।

सम्बन्धित् समाचार