गृहपृष्ठ Featured नक्कली शिक्षा विधेयकलाई सच्याएर मात्रै सदनमा पेस गर्छौँ : प्रधानमन्त्री

नक्कली शिक्षा विधेयकलाई सच्याएर मात्रै सदनमा पेस गर्छौँ : प्रधानमन्त्री

प्रकाशित मिति:

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदबाट शिक्षा विधेयक पारित गर्ने क्रममा नक्कली पाएपछि सच्याउन लागेको बताएका छन्।

शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत मन्त्री बनेको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले नक्कली शिक्षा विधेयक मन्त्रिपरिषदमा फेला परेपछि त्यसलाई सच्याएर मात्रै संसदमा पेस गर्न तयारी गरिरहेको बताए।

उनले भने, ‘संघीय शिक्षा ऐन बनाउने कुरा लामो समयदेखि थाँती थियो, त्यसलाई अन्तिम रूप दिइँदै छ र मैले अस्तिको दिन मात्रै क्याबिनेटमा शिक्षा विधेयकलाई पारित गर्ने सन्दर्भमा त्यसको ओरिजनल शिक्षा विधेयकको ठाउँमा केही डुप्लिकेसन आएको देखेपछि त्यसलाई रोकेर सच्याएर मात्रै सदनमा पेस गर्न भनेर सच्याउने प्रक्रिया सुरु भएको छ।’

सम्बन्धित् समाचार