गृहपृष्ठ Featured कपिलवस्तुको शुद्धोधन गाउपालिकाको ८ औ गाउँ सभा सम्पन्न

कपिलवस्तुको शुद्धोधन गाउपालिकाको ८ औ गाउँ सभा सम्पन्न

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तु जिल्लाको शुद्धोधन गाउपालिकाले ८ औँ गाउँ सभा सम्पन्न गरेको छ । आज एक कार्यक्रमका बिच गाउसभा सम्पन्न भएको हो । सभामा पालिकाको निति कार्यक्रम तथा बजेट गाउपालिका अध्यक्ष कमलेश शरण चौधरीले पेश गरेका थिए । सो निति तथा कार्यक्रम साथै बजेटलाई सभाले पारित समेत गरेको छ ।

यसैबिच  अध्यक्ष कमलेश शरण चौधरीले शुद्धोधनमा विकासको गतिले तीब्रता पाउने दाबी गरेका छन् ।चौधरीले गाउँपालिका विस्तृत योजनाका साथ अघि बढेको बताउँदै भने, ‘अब शुद्धोधनमा विकासको गतिले तीब्रता पाउँछ । विकासका कामलाई सुरुवात गरि टुङ्गोमा पुर्याउँछु ।’

विगतका बर्षहरुमा विकासका कामलाई ध्यान दिन नसकेको बताउँदै उनले विकासमार्फत शुद्धोधनको स्वरुपनै फेर्ने दाबी गरे । ‘जुन गतिका साथ विकासका काम अगाडि बढाउनुपर्ने हो विगतमा त्यो गतिले हुन सकेन् । विकास निर्माणका काम ढिलासुस्ती हुँदा प्रतिफल समेत ढिलो प्राप्त हुन्छ,’ उनले भने ।

लोकप्रिय र वितरणमुखी भन्दा दिगो र परिणाममुखी काम गर्ने बताउँदै उनले पालिकालाई समृद्ध बनाउन सबै लाग्नुपर्ने बताए ।

प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले विकासका काममा सबै सरोकारवालाहरुलाई मिलाउँदै अघि बढ्ने आवश्यकता औल्याए । उनले विकासमा जन सहभागितालाई आत्मसात गर्न जनप्रतिनिधि अघि बढनुपर्ने बताए । उनले विकासका काममा ढिलाइ हुँदा प्रत्यक्ष र परोक्षरुपमा ठूलो क्षति पुगेको बताए । सभा इश्वोरी प्रसाद न्यौपानेको संचालनमा सम्पन्न भएको हो ।

सम्बन्धित् समाचार