गृहपृष्ठ Featured फ्रान्सलाई सडन डेथमा पराजित गर्दै अस्ट्रेलिया सेमिफाइनलमा

फ्रान्सलाई सडन डेथमा पराजित गर्दै अस्ट्रेलिया सेमिफाइनलमा

सह–आयोजक अस्ट्रेलियाले फ्रान्सलाई सडन डेथमा पराजित गर्दै शनिबार महिला विश्वकप २०२३ को सेमिफाइनल यात्रा तय गरेको छ । नाटकीय टाइब्रेकरमा अस्ट्रेलिया ७–६ ले विजयी रह्यो ।

खेलमा दुवै टिमले १०–१० पेनाल्टी प्रहार गरेका हुन् । अस्ट्रेलियाका लागि कोर्टनी भिनेले दसौं प्रहारमा गोल गरिन् । त्यसअघि फ्रान्सका लागि नाओमी फेलर गोल गर्न चुकेकी थिइन् ।

अस्ट्रेलियाली गोलरक्षक म्याकन्जी आर्नोल्डले ३ प्रहारलाई गोल हुन दिइनन् । उनी आफैं पनि गोल गर्न असफल रहिन् । यसअघि निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।

अब प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा इंग्ल्यान्डले कोलम्बियाको सामना गर्दैछ । यसको विजेताले अन्तिम चारमा अस्ट्रेलियाको सामना गर्नेछ ।

सम्बन्धित् समाचार