गृहपृष्ठ Featured ‘लुम्बिनी प्रदेशमा २ लाख युवालाई रोजगारी दिन ४ अर्ब बजेट’

‘लुम्बिनी प्रदेशमा २ लाख युवालाई रोजगारी दिन ४ अर्ब बजेट’

प्रकाशित मिति:

रुपन्देही ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सिर्जनशील र रोजगारी सिर्जना गर्ने लुम्बिनी प्रदेशका युवालाई रकम अभाव नहुने बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर युवा परिषद् लुम्बिनी प्रदेशले रुपन्देहीको लुम्बिनीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री चौधरीले युवालक्षित कार्यक्रम, उद्यमशीलता र रोजगारी सिर्जना गर्न प्रदेश सरकारसँग ४ अर्ब बजेट रहेको बताएका हुन् । उनले अबको दुई वर्षमा प्रदेशका २ लाख युवालाई रोजगारी दिने गरी सरकारले कार्ययोजनासहित काम गरेको बताए ।

‘हामीले काम गर्ने युवाका लागि पर्याप्त अवसर दिने योजनाका साथ काम गरिरहेका छौं,’ उनले भने, ‘अहिले सरकारसँग दुई अर्ब रुपैयाँ रकम छ, केन्द्र सरकारले पनि दुई अर्ब रुपैयाँ दिने भनेको छ, आवश्यक परे विदेशीदातासँग पनि रकम माग गर्न सकिन्छ ।’

लुम्बिनी प्रदेश सरकारले चालु वर्षको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख गरेरै आगामी २ वर्षमा २ लाख युवालाई रोजगारी दिने घोषणा गरिसकेको छ । त्यसलाई पूर्ण कार्यान्वयन गर्ने गरी सरकारले अहिलेदेखि नै योजना बनाएर काम अघि बढाएको पनि कार्यक्रममा बताए । उनले प्रदेशका गैरसरकारी संस्थालाई पनि एक्लै नहिँड्न सुझाव दिए ।

सम्बन्धित् समाचार