गृहपृष्ठ Featured विदेशमा गर्ने परिश्रम स्वदेशमै गरे मनग्य आम्दानी गर्न सकिन्छ : उपप्रमुख चौधरी

विदेशमा गर्ने परिश्रम स्वदेशमै गरे मनग्य आम्दानी गर्न सकिन्छ : उपप्रमुख चौधरी

बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले युवाहरुलाई स्वदेशमै स्वरोजगार बन्नेतर्फ ध्यान दिन आग्रह गरेकी छिन् ।

उनले विदेशमा युवाहरुले गर्ने परिश्रम, लगनशीलता र मेहेनत स्वदेशमै गरे मनग्य आम्दानी गर्न सकिने बताईन् । आईतबार २४ औं अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

प्राविधिक शिक्षातर्फ ध्यान दिन आग्रह गर्दै उनले सिप सिक्नेतर्फ अग्रसर हुनुपर्ने बताईन् । उनले पछिल्लो समय विदेशमा जाने युवाहरु अलपत्र परेको घटनाहरु बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरिन् । उपप्रमुख चौधरीले स्थानीय स्तरमा रोजगारीका लागी विज्ञापन गर्दा माग बमोजिमको जनशक्ति नभेटिने अवस्था देखिएको समेत बताईन् ।

उपप्रमुख चौधरीले स्थानीय स्तरमा रोजगारीका लागी विज्ञापन गर्दा माग बमोजिमको जनशक्ति नभेटिने अवस्था देखिएको समेत बताईन् ।

सो कार्यक्रममा विभिन्न पेशा व्यवसाय एवम् उद्यम गरेका ३ जना युवालाई नगदसहित सम्मान समेत गरिएको छ । शिवचरण सिंह थारु, सुस्मा कँडेल र अमृता बुढाथोकीलाई सम्मान गरिएको हो । कार्यक्रममा रोमाकान्त घिमिरेले वर्तमानमा युवाहरुको अवस्था, सम्भावना र चुनौतिका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

बाणगंगा नगरयुवा क्लवकाअध्यक्ष मधुसुदन भुसालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडाध्यक्ष, शाखा प्रमुखहरु, किशोरकिशारी संजालका पदाधिकारी तथा सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार