गृहपृष्ठ Featured केन्द्रीय सदस्य भएको एक हप्ता नपुग्दै पौडेलले दिए राजीनामा

केन्द्रीय सदस्य भएको एक हप्ता नपुग्दै पौडेलले दिए राजीनामा

प्रकाशित मिति:

कपिलवस्तु ।

नेपाल विद्यार्थी संघ ‘नेविसंघ’ कपिलवस्तुका कार्यवाहक सभापति माधव पौडेलले केन्द्रीय सदस्य पद अस्वीकार गदै केन्द्रीय सदस्यबाटै राजिनामा दिएका छन् ।

पौडेल यही साउन २२ गते नेविसंघको केन्द्रीय समिति विस्तार गर्दा केन्द्रीय सदस्यमा मनोनित भएका थिए ।

तर पौडेलले आफुले अहिले जिल्लाको कार्यवाहक सभापतिको जिम्मेवारी निभाउने भन्दै केन्द्रीय सदस्यबाट राजीनामा दिएको घोषणा गरेका हुन् । उनले यसको जानकारी कांग्रेस केन्द्रीय समिती, नेविसंघको केन्द्रीय समिती र कांग्रेसको जिल्ला समितिलाई एक पत्र लेख्दै दिएका छन् ।

उनले आफुले जिल्लाको विधिसम्मत अधिवेशन गरेपछि मात्र अन्य जिम्मेवारी लिने भन्दै केन्द्रीय समितिमा बस्न अस्वीकार गरेका छन् ।

सम्बन्धित् समाचार