गृहपृष्ठ Featured कपिलवस्तुको महाराजगञ्जका वडाध्यक्ष बढईको दोहोरो नागरिकता भएको प्रमाणित

कपिलवस्तुको महाराजगञ्जका वडाध्यक्ष बढईको दोहोरो नागरिकता भएको प्रमाणित

वैखरी अनलाइन ।
कपिलवस्तु जिल्लामा एक वडाध्यक्षले नै दोहोरो नागरिकता लिएको खुल्न आएको छ ।

जिल्लाको महाराजगंज नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रामरुप बढईले दोहोरो नागरिकता लिएको खुलासा भएको हो । वडाध्यक्ष बढईले नेपाली नागरिकतासंगै भारतीय नागरिकता समेत लिएको खुलासा भएको हो ।

उनले भारतको उत्तर प्रदेशको सिद्धार्थनगर जिल्लाको सोहरतगढबाट सन् २०२३ को जनवरी ८ मा नागरिकता लिएको प्रमाण वैखरीले फेला पारेको छ ।

वडाध्यक्ष जत्तिको ब्यक्तिले यसरी दोहोरो नागरिकता लिदा उनको नैतिकता माथि प्रश्न उठेको छ । तपाईले किन दोहोरो नागरिकता लिएको भन्ने प्रश्नमा उनी होइन, हजुर होइन भन्दै आत्तिएर फोन काटेका थिए । त्यसपछि बारम्बार फोन गर्दापनि उनले फोन उठाएन्न ।

सम्बन्धित् समाचार