वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले आर्थिक बर्ष २०७९/८० मा ३३ वटा मुद्धा फर्छर्यौट गरेको छ । नगरपालिकामा दर्ता भएका ४४ वटा मुद्धाहरुमध्ये ३३ वटा मुद्धा फर्छर्यौट भएका न्यायिक समितिकी संयोजक मीरा थारुले जानकारी दिईन् । उनले प्रस्तुत गरेको आर्थिक बर्ष २०७९/८० को न्याय सम्पादन सम्बन्धि बार्षिक प्रगति प्रतिवेदनका अनुसार नगरपालिकामा दर्ता भएका मध्ये अझै ११ वटा मुद्दाको फर्छयौट हुन बाँकी छ ।
स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४७ को उपदफा १ बमोजिम दर्ता भएका २० मुद्धामध्ये १५ वटा मुद्धा फर्छर्यौट गरेको उनले जानकारी दिईन् ।
उनका अनुसार सोही ऐन र दफाको उपदफा २ बमोजिम दर्ता भएका २४ वटा मुद्धामध्ये १८ वटा मुद्धा फर्छर्यौट गरिएको छ । उक्त प्रतिवेदन अनुसार मुद्धा फर्छर्यौटका लागी अन्य ठाउँ र पुनरावेदनका लागी पठाएको निवेदनको संख्या शुन्य छ ।
संयोजक थारुले बुद्धभूमि नगरपालिकाका आएका मुद्धाको फर्छर्यौट गर्न सक्षम रहेको दाबी गरिन् । उनले आगामी दिनमा समितिलाई थप प्रभावकारी बनाउँदै नगरवासीको आस्थाको केन्द्र बन्नेतर्फ अग्रसर हुने जिकीर गरिन् ।
यस्तो छ न्यायिक समितिको प्रतिवेदन :









