गृहपृष्ठ Featured जनप्रतिनिधिलाई दुर्व्यवहार गरेको भन्दै प्रहरी निरीक्षक क्षेत्रीलाई कारबाहीको माग

जनप्रतिनिधिलाई दुर्व्यवहार गरेको भन्दै प्रहरी निरीक्षक क्षेत्रीलाई कारबाहीको माग

प्रकाशित मिति:

कपिलवस्तु ।

जन प्रतिनिधिहरुलाई दुर्व्यवहार गरेको भन्दै ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव प्रसाद क्षेत्रीलाई कारबाही गर्नु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाइएको छ । जिल्ला प्रशासन कार्यालय मार्फत मायादेबी गाउपालिकाका प्रमुख सहीतको जन प्रतिनिधिहरुको टोलीले गृह मन्त्रालय, लुम्बिनी प्रदेश प्रहरीलाई ज्ञापन पत्र बु्झाउदै सो माग गरेको हो ।

मायादेबी गाउपालिका प्रमुख वलीद्दीन मुसलमान, प्रदेश सदस्य मधुसुदनशरण चौधरी, कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडल वडाध्यक्ष सहीतको टोलीले प्रजिअ शंकर हरि आचार्यलाई ज्ञापन पत्र बुझाएको हो । सो अवसरमा उनीहरुले प्रहरी निरीक्षक क्षेत्रीले मायादेबी गाउपालिकामा चेकजाचको नाममा दुःख दिने, अपमान गर्ने र दुब्र्यवहार गर्ने गरेका आरोप लगाए ।

गत साउन २८ गते आईतवार जन गुनासो बढे पछि मायादेबी गाउपालिका प्रमुख मुसलमानका नेतृत्वमा ईलाका प्रहरी कार्यालयमा जादा प्रहरी निरिक्षक क्षेत्रीले दुब्र्यवार गरको बिज्ञपतीमा जनाइएको छ । पानी परिरहेको बेला इलाका प्रहरी कार्यालय अगाडिको बाटोमा ३ महिने दूधे बालकदेखि वृद्धवृद्धा बसेको मोटरसाइकल जाँच क्रममा इलाका प्रहरी कार्यालयका निरीक्षक शिव क्षेत्रीले अनावश्यक दुःख दिने र बदनीयतपूर्ण व्यवहार गरेको गुनासो आएको गाउपालिका प्रमुख बलीउद्दीन मुसलमानले बताए ।

जनप्रतिनिधि र प्रहरीले सहकार्य गरी जनताका हरेक समस्या समाधान गर्नुपर्नेमा प्रहरीले अनुदार भई जनतालाई दुःख दिने नियतले काम गरेको उनले बताए । प्रहरी निरीक्षक क्षेत्रीलाई कारबाही नगरे मायादेबी गाउपालिकाका आम जन समुदाय सहीत चरणबद्ध आन्दोलनमा जान बाध्य हुने समेत बिज्ञप्तीमा चेतावनी समेत दिइएको छ ।

सो अवसरमा प्रजिअ शंकरहरि आचार्यले आफुले सो बिषयमा बुझने र आवश्यक कदम चाल्ने बताए । प्रहरी निरिक्षक क्षेत्री र जन प्रतिनिधि बिच अमसझदारी बढे पछि मायादेबी गाउपालिकाले प्रहरीलाई दिने सहयोग समेत रोक्का गर्ने जनाएको छ ।

सम्बन्धित् समाचार