रुकुम पश्चिम ।
रुकुम पश्चिमका दुई स्थानमा दुई जनाको शव फेला परेको छ ।
मुसिकोट नगरपालिका–११ मा भलाक्चाका ५९ वर्षीय पिताराम नेपालीको र आठबिसकोट नगरपालिका–६ झोडेनीमा छिमीगाउँका आसे बोहराको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै शव सडेगलेको अवस्थामा फेला परेका छन् ।