गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तुको यशोधरामा चरम बेथिति : टिक्न नसक्दा ‘६ बर्षमा ११ हाकिम’

कपिलवस्तुको यशोधरामा चरम बेथिति : टिक्न नसक्दा ‘६ बर्षमा ११ हाकिम’

वैखरी अनलाइन, खुनुवा ।

कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिकामा ६ बर्षमा ११ हाकिम “प्रमुख प्रशासकीय अधिकृत” फेरीएका छन । २०७४ सालमा स्थानिय तहको निर्वाचन भएपछि हालसम्म यो अवधिमा यशोधरा गाउपालिकामा ११ प्रमुख प्रशासकीय अधिकृत आउने जाने भएका हुन ।

यशोधर गाउपालिकामा राजनैतिक दवावका साथै कानुनत गर्न नमिल्ने काम गर्न जनप्रतिनिधिबाटै दवाव आउने भएकाले हाकिम टिक्न सककेको सरोकारवाला बताउछन ।

पालिकामा स्थानिय तहको पहिलो निर्वाचनपछि २०७४ मा जय प्रकाश गुप्ता पहिलो प्रमुख प्रशासकीय अधिकृतका रुपमा पालिकामा आएका थिए । उनी ६ महिनामै हिडेपछि बनारसीलाल हरिजन हाकिक भएर आएका थिए । त्यसलगत्तै खुम बहादुर खत्री आए र आएको ३ महिनामै सरुवा भएका थिए । त्यसपछि पालिकामा नया हाकिम भएर रविन्द्र चौधरी आएतापनि राजनैतिक दवावका कारण उनलाई सरुवा गराइएको थियो ।

त्यसपछि रामचन्द्र ढकाल प्रमुख प्रशासकीय अधिकृत भएर पालिकामा आएर करिव १ बर्षजति जिम्मेवारीमा रहेका थिए भने लगत्तै उनको सरुवापछि तेज बहादुर सिहं पालिकामा हाकिम भएर आए । सिंह ५ महिना बसेर हिड्न बाध्य भए । त्यसपछि पालिकामा आए निर्मल पोखरेल । उनी एक दिन हाजिर मात्र के गरेका थिए, त्यसको अर्को दिन उनको सरुवा भयो । पोखरेलको एक दिनमै सरुवा गराएर पालिकामा फेरी तेज बहादुर सिहं हाकिम भएर आए । उनले हालै अवकाश लिएका छन ।

अव पालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा रामचन्द्र ढकाल आउने चर्चा चली रहेको छ । यसरी ८ जना ११ पटक ओहोरदोहोर गर्दै पालिकामा प्रमुख पनि बनी रहदा पालिका कहाँ पुग्ने हो सरोकारवाला चिन्तित छन । कुशल प्रशासकका रुपमा परिचित रहेका ढकाल पनि ३/४ महिना भन्दा बढि पालिकामा टिक्न नसक्ने स्थानिय बताउछन ।

यसरी प्रमुख प्रशासकीय अधिकृत केही समय पनि टिक्न नसक्दा प्रशासनिक कामहरु लथालिंग हुनुका साथै सेवाग्राहीलाई सास्ती र सुशासन कायम गर्न नसकिएको एक कर्मचारीले नाम नखुलाउने सर्तमा वैखरीलाई बताए ।

सम्बन्धित् समाचार