गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तुको सिद्धार्थ क्याम्पसले राख्यो पहिलो पटक टिकटक प्रतियोगिता

कपिलवस्तुको सिद्धार्थ क्याम्पसले राख्यो पहिलो पटक टिकटक प्रतियोगिता

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालका- १ मा अवस्थित सिद्धार्थ क्याम्पसले टिकटक प्रतियोगिता राखेको छ । सम्भवतः यो कपिलवस्तु जिल्लामै क्याम्पसले राखेको पहिलो सन्देश मूलक टिकटक भिडियो  प्रतियोगिता हो ।

क्याम्पसको अतिरिक्त क्रियाकलाप समिति एवम् सामाजिक सम्बन्ध तथा सुचना एकाईको संयुक्त आयोजनामा प्रतियोगिता राखिएको हो ।

इच्छुक विद्यार्थी वा विद्यार्थी समूहले सिद्धार्थ क्याम्पस बाणगंगाले उच्च शिक्षामा खेलेको भूमिका, विशेषताहरु वा आफ्नो पाठ्यांश सहितका सन्दर्भलाई जोडी सकारात्मक सन्देशमूलक टिकटक भिडियो निर्माण गर्नुपर्ने अतिरिक्त क्रियाकलाप समिति संयोजक रमेश पौडेलले जानकारी दिए । उनका अनुसार उक्त प्रतियोगितामा सिद्धार्थ क्याम्पसमा अध्ययनरत विधार्थीहरुले मात्र भाग लिन पाउने छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्तवना स्थान हासिल गर्नेलाई प्रोत्साहन स्वरुप क्रमशः रु ५०००, ३०००, २००० र १००० पुरस्कार प्रदान गरिने सामाजिक सम्बन्ध तथा सुचना एकाई संयोजक कुलराज भुसालले जानकारी दिए ।

उनले प्रतियोगिताको नतिजा यही भाद्र २४ गतेसम्मको भ्यूज लाइक र सेयरको आधारमा गरिने बताए ।

यस्ता छन् प्रतियोगिताका नियमहरु :

सम्बन्धित् समाचार