गृहपृष्ठ Featured लुम्बिनीको विकास र समृद्धिका विषयमा छलफल

लुम्बिनीको विकास र समृद्धिका विषयमा छलफल

रुपन्देही ।

रुपन्देही जिल्लाको समग्र विकास र समृद्धिको विषयमा रुपन्देहीका संघीय जनप्रतिनिधिहरुबीच छलफल भएको छ । छलफलले तत्काल प्रधानमन्त्रीसँग रुपन्देहीको समग्र विकास तथा समृद्धिको विषयलाई लिएर भेट गर्ने निष्कर्ष निकालेको छ ।

यस्तै बुद्ध जन्मस्थल लुम्बिनी र लुम्बिनी विकास कोषसँग सम्बन्धित विषयमा स्थलगत संयुक्त बैठक बसेर अघि बढ्ने समझदारी भएको छ ।

बैठकलाई निरन्तरता दिइने प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले जानकारी दिए ।

बैठकमा प्रतिनिधिसभा सदस्य विष्णु पौडेल, वासुदेव घिमिरे र दीपक बोहराको उपस्थिति थियो ।

सम्बन्धित् समाचार