गृहपृष्ठ Featured कपिलवस्तुमा ८ लाख बढीको भन्सार छलीको सामान बरामद

कपिलवस्तुमा ८ लाख बढीको भन्सार छलीको सामान बरामद

प्रकाशित मिति:

कपिलवस्तु ।

सुठौली भन्सार कार्यालय कपिलवस्तुको टोलीले भन्सार छलीको ८ लाख बढीको माल सामान बरामद गरेको छ । भन्सार छली नियन्त्रणमा खटिदै आएको भन्सारको टोलीले कपिलवस्तु नगरपालिका- ५ बाट भन्सार छलीका सामान बरामद गरेको हो ।

गोप्य सुचनाका आधारमा भन्सार अधिकृत चुरा बहादुर सर्तुङ्गीको नेतृत्वमा सशस्त्र प्रहरी सहितको गस्ती टोलीले बेबारिसे अवस्थामा रहेको सुट, कुर्ता, कपडा र बच्चाको चप्पल बरामद गरेको हो ।

टोलीले सो स्थानबाट ३ सय थान लेडिज सुट, १ हजार ४ सय १४ मिटर ढाकाको प्रिन्ट कपडा, १ हजार ६ सय ९२ मिटर कुर्ता सुरवालको कपडा, २ हजार २ सय २० मिटर पापलिनको कपडा र २ सय ६७ जोर बच्चाको चप्पल बरामद गरेको हो ।

बरामद सामग्री ८ लाख ६२ हजार बढी मुल्यको रहेको र सो बिषयमा आवश्यक कारवाही प्रक्रिया अगाडि बढाईएको भंसारका प्रमुख सर्तुङ्गीले जानकारी दिए । भन्सार छली कार्य रोक्नका लागि भन्सार गस्ती कार्यलाई नियमितता दिईने उनले बताए ।

सम्बन्धित् समाचार