गृहपृष्ठ Featured छाडा पशुचौपया बाणगंगाको मात्र होईन्, राष्ट्रिय समस्या हो : उपप्रमुख चौधरी

छाडा पशुचौपया बाणगंगाको मात्र होईन्, राष्ट्रिय समस्या हो : उपप्रमुख चौधरी

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले छाडा पशुचौपयाको समस्या राष्ट्रिय समस्या भएको बताएकी छिन् । सोमबार नागपञ्चमीको अवसरमा बाणगंगा नगरपालिका- ४ दरखास्तमा नागको मुर्तिको अनावरण तथा नागमन्दिरको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो बाणगंगा नगरपालिकाको मात्र समस्या होईन् । यो राष्ट्रिय समस्या हो । खुला सिमाका कारण बाहिरका पशुहरु यहाँ आएको अवस्था छ ।’

हरेक वडामा नै व्यवस्थाप गर्न सके छाडा पशुचौपयाको समस्या अन्त्य हुने उनको भनाई छ ।

‘छाडा पशुचौपयाको पनि धेरै नै समस्या छ । हामीले बुझेका छौ । बुझेर नै नगरपालिकाबाट प्रत्येक बर्ष ५०/६० लाख छुट्याउने गरेका छौं,’ फरक प्रसङ्गमा बोल्दै उनले भनिन् ।

उपप्रमुख चौधरीले नागपञ्चमीको शुभकामना दिदैं मुर्ति र मन्दिरको संरक्षण र सम्बद्र्धनमा नगर प्रतिवद्ध रहिरहने बताईन् । उनले वडा नम्बर ४ मा विगतमा पनि राम्रो काम भएको र अहिले पनि सौन्दर्यीकरण र सडक बत्ती जडान जस्ता विभिन्न नयाँ नयाँ उदाहरणीय योजनाका साथ काम भईरहेको भन्दै प्रशंसा गरिन् ।

उनले यस बर्षबाटै बस पार्क निर्माणको काम सुरु हुने बताईन् ।

सम्बन्धित् समाचार