गृहपृष्ठ Featured राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा एमाले अनुपस्थित

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा एमाले अनुपस्थित

प्रकाशित मिति:

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले भने अनुपस्थित रहेको छ । राष्ट्रपति पौडेलले बिहान साढे ८ बजे संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई छलफलका लागि बोलाएका थिए ।

सबै दलको सहभागिता भए पनि एमाले भने अनुपस्थित छ । नेकपा एमालेका एक नेताले दिएको जानकारीअनुसार राष्ट्रपतिले बोलाएको छलफलप्रति एमालेको विमति छ ।

 एमाले दलका उपनेता सुवास नेम्वाङले बैठकबारे आफूहरुलाई जानकारी नभएको बताए ।

साउन १० गतेदेखि लगातार संसद् बैठक अवरुद्ध भइरहेको छ ।

सम्बन्धित् समाचार