गृहपृष्ठ Featured कपिलवस्तुमा पनि मनाइयो ‘गुरही पर्व’

कपिलवस्तुमा पनि मनाइयो ‘गुरही पर्व’

कपिलवस्तु ।

थारु समुदायको चाडको शुरुवातको रुपमा लिइने ‘गुरही’ पर्व कपिलवस्तुमा पनि धुमधामका साथ मनाइएको छ । जिल्लाको शिवराज नगरपालिका १, उमरीमा सामुहिक रुपमा गुरही पर्व मनाइएको हो ।

थारु कल्याणकारिणी सभा शिवराज नगर कार्य समितिको आयोजना तथा थारु संग्रहालय संरक्षण समिति र स्थानीयको समन्वयमा यो पर्व मनाइएको हो । साँझको समयमा गाईगोरु चरेर गोठमा भित्रिएपछि गुरही पर्व मनाइएको थियो ।

नयाँनयाँ पोशाकमा सजिएर थालमा भुजा, कपडाको रंगीविरंगी गुडीया लिएर थारु अगुवा तथा गाउँका भद्र भलाद्मीदेखि बच्चाबुढासम्म ¥यालीमा सहभागी थिए ।

सम्बन्धित् समाचार