कपिलवस्तु ।
लायन्स क्लव अफ कपिलवस्तुले जिल्ला स्थित वाणगंगा नगरपालिका भित्र रहेको राजेश आस्था फाउण्डेशनलाई खानेपानीको टंकी हस्तान्तरण गरेको छ ।
सामाजिक सेवामा निकै अग्रसर रहने लायन्स कपिलवस्तुले क्लवका सदस्य सन्जय गुरुङ्गको जन्मदिनको अबसरमा उक्त कार्यक्रम आयोजना गरेको थियो । सबै नागरिकलाई स्वच्छ पिउने पानी हामी सबैको दायित्व रहेको हुदाँ उक्त खानेपानी टंकि हस्तान्तरण गरिएको लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष ओम प्रकाश घिमिरेले बताउनु भएको थियो ।
कार्यक्रममा लायन्स क्लव अफ कपिलवस्तुका पुर्व अध्यक्ष धातानन्द भुसाल, राजेश आस्था फाउण्डेशनका काउन्सिलर किरण राणाँले कार्यक्रम प्रति बिचरा व्यक्त गर्नु भएको थियो ।
जन्मदिनको अबसरमा उक्त कार्यक्रम क्लवको तर्फबाट गरेको सन्जय गुरुङ्गले बताएका छन् । लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष ओम प्रकाश घिमिरेको अध्यक्षता, क्लवका सह सचिव दामोदर पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।