गृहपृष्ठ कपिलवस्तु बिशेष बाणगंगा- ४ का वडाध्यक्ष रेस्मीलाई जोडेर आएको समाचार निराधार पुष्टि (प्रमाणसहित)

बाणगंगा- ४ का वडाध्यक्ष रेस्मीलाई जोडेर आएको समाचार निराधार पुष्टि (प्रमाणसहित)

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका- ४ का वडाध्यक्ष छविरेस्मी मगरलाई जोडेर केही दिन अघि आएको समाचार निराधार भएको पुष्टि भएको छ । ‘वडा अध्यक्ष रेस्मीले गाडी हराएको भनि प्रहरीमा दिएको उजुरी गलत सावित’ शिर्षक राखेर हाम्रो पाईला डटकमका संचालक गणेश पोख्रेलले यही भाद्र ६ गते प्रकाशित गरेको समाचारप्रति एमरल्ड मोटर्सले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

वडाध्यक्ष छविरेस्मी मगरको व्यक्तिगत चरित्र हत्या गर्ने उद्देश्यले सो समाचार प्रकाशित भएको उक्त कम्पनीले सो प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

कम्पनीका अनुसार बाणगंगा नगरपालिका-४ निवासी अमर बहादुर रेश्मीले गत जेठ १५ गते कम्पनीको नियामानुसार गाडि खरिद गरेका थिए । दुवै पक्षबीचको आपसी सहमति भएरै गाडि समेत फिर्ता भईसकेको अवस्था रहेको सो विज्ञप्तिमार्फत कम्पनीले जानकारी दिएको छ ।

यस्तो छ कम्पनीको विज्ञप्ति :

यता बाणगंगा नगरपालिकाले समेत उक्त समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । एमरल्ड मोटर्स प्रा.लि. र अमर बहादुर रेश्मीबीच भएको कारोबारलाई लिएर संचार माध्यमले प्रचारबाजी गर्नुपर्ने उक्त क्षेत्र नभएको नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले निकालेको विज्ञप्तिले ठहर गरेको छ ।

यस्तो छ नगरपालिकाको विज्ञप्ति :

यता कपिलवस्तु उद्योग बाणिज्य संघले विज्ञप्ति जारी गर्दै वरिष्ठ उपाध्यक्ष समेत रहेका वडाध्यक्ष रेस्मीसंगको सरोकार नभएको विषयलाई अनावश्यक रुपमा उचालेर व्यक्तिगत रिसिबी राख्दै संचार माध्यमलाई प्रयोग गरि बदलाको भावनाले समाचार प्रकाशन गर्नु निन्दनीय कार्य भएको ठहर गरेको छ ।

‘गाडी कम्पनीले आफै भुलवश लगेको स्वीकार गरेको अवस्थामा व्यक्तिगत चरित्र हत्या गर्ने उद्देश्यले कपोकल्पित समाचार प्रकाशन गरेको प्रष्ट भएकाले निज अनलाईन र संचालकलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रेस काउन्सिल नेपाल, पत्रकार महासंघ नेपाल जिल्ला शाखा कपिलवस्तुलाई अनुरोध समेत गर्दछौं ।’ उक्त विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ उद्योग बाणिज्य संघको विज्ञप्ति :

यसैबीच वडाध्यक्ष रेस्मीले आफुसंग सरोकारै नभएको विषयलाई लिएर पुरानो व्यक्तिगत रिसीबी साध्न चरित्र हत्या गर्ने उद्देश्यसहित समाचार प्रकाशन भएको भन्दै गम्भिर आपत्ति जनाएका छन् । उनले यस विषयमा आफु चुप लागेर नबस्ने चेतावनी दिदै कानुनी उपचारका लागी प्रेस काउन्सिलदेखि अदालतसम्म जाने बताए ।

वडाध्यक्ष रेस्मीले आफुले यसै समाचारलाई लिएर नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष किरणमान बज्राचार्यलाई जानकारी गराउँदा समाचार लेख्ने पोख्रेल पत्रकार महासंघको साधारण सदस्य समेत नरहेको बताउँदै उनले आवश्यक कारबाहीका लागी प्रेसकाउन्सिल र अदालतीय पक्रियामा जान सुझाए ।

यता सवारी धनी अमर बहादुर रेस्मीले कम्पनी र आफुबीचको विषयलाई अनावश्यक रुपमा वडाध्यक्षसंग जोड्नुमा बदनियत देखिएको बताए ।
यस्तै बाणगंगाका समाजसेवी गोविन्द पौडेलले यस समाचारले पत्रकारमा पत्रकारिताको सामान्य ज्ञान समेत नभएको प्रष्ट हुने बताए । उक्त समाचार पढ्दा आफुलाई हासो लागेको बताउँदै उनले थोरै मात्रामा भए पनि अध्ययन गरेर मात्र पत्रकारिता पेसा अंगाल्न सुझाव दिए ।

सम्बन्धित् समाचार