गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तुमा भारतीय ज्वाइँलाई छाेरा बनाएर नेपाली नागरिकता दिलाएकाे खुलासा

कपिलवस्तुमा भारतीय ज्वाइँलाई छाेरा बनाएर नेपाली नागरिकता दिलाएकाे खुलासा

प्रकाशित मिति:

कपिलवस्तु ।

कपिलवस्तुमा भारतीय नागरिकलाई छोरा बनाएर जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र दिलाएकाे खुलेकाे छ । महाराजगञ्ज नगरपालिका–३ वरगदीका राधेश्याम बरईले आफ्ना ज्वाईँ (जेठी छोरीका पति) भारतीय नागरिक धरमविरलाई छोरा बनाएर नागरिकताको प्रमाणपत्र दिलाएकाे खुलेकाे हाे ।

नागरिकता प्रमाणपत्रधारी भारतीय नागरिक धरमविरलाई नेपालमा रामकुमार बरईको नामबाट आफ्नो छोरा बनाएर नागरिकताको प्रमाणपत्र दिलाएको भन्दै वरगदीका राधेश्याम बरईमाथि उजुरी परेपछि घटना बाहिरिएको छ ।

उजुरी प्राप्त हुनासाथ जिल्ला प्रशासन कार्यालयले घटनाको छानबिन तथा अनुसन्धान शुरु गरिसकेको प्रमुख जिल्ला अधिकारी शंकर हरि आचार्यले बताउनुभयाे ।

नागरिकता पाउने धरमविर भारतको सिद्धार्थनगर थाना पचगवा मौजा अटकोनिया बस्ने खुनखुन बरईका छोरा हुन् । उनी भारतमा धरमवीर र नेपालमा रामकुमारको नामबाट काम गर्दै आएका छन् ।

राधेश्याम बरईले महाराजगञ्ज–३ बा धरमविरकाे जन्मदर्ता बनाएका थिए । त्यही जन्मदर्ताको आधारमा राधेश्यामले झुटाे विवरण पेस गरी आफ्ना ज्वाईँलाई छोरा बनाएर नागरिकताकाे प्रमाणपत्र दिलाएको आरोप लागेको छ ।

सम्बन्धित् समाचार