वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले आर्थिक बर्ष २०७९/८० मा दुई सय २५ वटा मुद्धा फर्छर्यौट गरेको छ । गाउँपालिकामा दर्ता भएका २८१ वटा मुद्धाहरुमध्ये २२५ वटा मुद्धा फर्छर्यौट भएका न्यायिक समितिका संयोजक होम प्रकाश चौधरीले वैखरीलाई जानकारी दिए ।
उनले आर्थिक बर्ष २०७९÷८० मा नगरपालिकामा दर्ता भएका मुद्धाहरु मध्ये अझै ५६ वटा मुद्दाको फर्छयौट हुन बाँकी जानकारी दिए । जग्गा सम्बन्धि ८९, गाली बेईज्जती सम्बन्धि २५, नालीकुलोह्युम पाईप सम्बन्धि १२ सार्वजनिक सडक मिचि घर निर्माण सम्बन्धि ८, पारिश्रमिक लेनदेन, हिनामिना सम्बन्धि ६८, ईज्जत आमद अनुसार खाना सम्बन्धि १५, अंश सम्बन्धि ५ र सम्बन्ध विच्छेद सम्बन्धि ३ वटा गरि ुई सय २५ वटा मुद्धा फर्छर्यौट गरेको संयोजक चौधरीले जानकारी दिए ।
उनले शुद्धोधन गाउँपालिकामा आएका मुद्धाको फर्छर्यौट गर्न आफु सक्षम रहेको दाबी गरे । आगामी दिनमा समितिलाई थप प्रभावकारी बनाउँदै गाउँवासीको आस्थाको केन्द्र बनाउने र अन्यायमा नपार्ने जिकिर गरे ।
उनले निष्पक्ष रुपमा न्यान सम्पादन गर्ने प्रतिवद्धता जनाएका छन् ।








