गृहपृष्ठ Featured बुद्धभूमि-५ का वडाध्यक्ष थापाको उदाहरणीय काम : अनाथ-बेसहारा विधार्थीलाई शैक्षिक सामग्री

बुद्धभूमि-५ का वडाध्यक्ष थापाको उदाहरणीय काम : अनाथ-बेसहारा विधार्थीलाई शैक्षिक सामग्री

प्रकाशित मिति:

वैखरी अनलाईन, बुद्धभूमि ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ५ का अध्यक्ष रोम बहादुर थापाले अनाथ-बेसहारा विधार्थीलाई शैक्षिक सामग्री प्रदान गरेका छन् ।  आईतबार एक कार्यक्रमका बीच श्री नेपाल राष्टिय आधारभूत विद्यालय राजपुरमा अध्ययन गर्ने २ दाजुभाईलाई शैक्षिक सामग्री प्रदान गरिएको हो । वडाध्यक्ष अध्यक्ष रोमबहादुर थापा क्षेत्रीको सहयोगमा उनीहरुलाई विद्यालय पोसाक, झोलासहितका शैक्षिक सामग्री उपलब्ध गराईएको हो ।

लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दै आएको आसमान नेपाल संस्थाकी कर्मचारी रेणु रेग्मीको बिशेष पहलमा शैक्षिक सामग्री प्रदान गरिएको वडाध्यक्ष रोम बहादुर थापा क्षेत्रीले जानकारी दिए । वडाध्यक्ष थापाले कोही पनि शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले शैक्षिक सामग्री प्रदान गरिएको बताए ।

उनले वडाका सबै बालबालिकालाई शिक्षाको पहँुचमा ल्याउन आवश्यक रहेको बताए । त्यसका लागी वडा विशेष योजनासहित अघि बढेको उनले बताए । शिक्षा नै विकासको मेरुदण्ड भएकाले शिक्षाबाट कोही पनि बञ्चित हुने स्थिति सिर्जना हुन नदिने उनले दाबी गरे ।

वडाध्यक्ष थापाले गुणस्तरीय शिक्षाका लागी वडा ठोस योजना र कार्यनीति बनाएर अघि बढिरहेको बताए ।

उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पशुपति यादव, विद्यालयका प्रअ गुणानिधि खनालसहित शिक्षकशिक्षिकाहरुको विशेष सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार