गृहपृष्ठ Featured म्यानचेस्टर सिटीको रोमाञ्चक जित

म्यानचेस्टर सिटीको रोमाञ्चक जित

प्रकाशित मिति:

इंग्लिस प्रिमियर लिगको साबिक विजेता म्यानचेस्टर सिटीले आइतबार रोमाञ्चक जित निकालेको छ । सेफिल्ड युनाइटेडसँग २–१ को जित निकाल्दा एर्लान हालान्ड र रोड्रीले समान एक गोल गरेका थिए । घरेलु टोली सेफिल्डका लागि जेडन बोगलले गोल फर्काए । साबिक दुईपटकको विजेता सिटीले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको थियो । खेलको ३७औँ मिनेटमा सिटीले पेनाल्टी गुमायो । फर्ममा रहेका स्ट्राइकर हालान्डले असफल पेनाल्टी गोल प्रयास गरे ।

पहिलो हाफमा पेनाल्टी चुकाएका हालान्डले सिटीलाई अग्रता दिलाए । खेलको ६३औँ मिनेटमा उनले सिटीलाई अग्रता दिलाएका हुन् । ज्याक ग्रिलिसको क्रसमा हालान्डले दोस्रो बारमा हेडिङ गोल गरेका थिए । बराबरी प्रयास गरिरहेको सेफिल्डले खेलको ८३औँ मिनेटमा १–१ का लागि गोल ग¥यो । बोगलले सेफिल्डलाई बराबरीमा ल्याए ।

खेलको ८९औँ मिनेटमा रोड्रीले सिटीलाई २–१ को स्थितिमा राखे । रोड्रीले डिबक्सभित्र माथिल्लो क्रस बारमा गोल गरे । लिगमा सिटीले तीनवटै खेलमा जित निकाली ९ अंक जोडेको छ । यसैगरी, अर्को खेलमा एस्टन भिल्लाले बर्नलीलाई ३–१ ले हरायो । भिल्लाको जितमा म्याटी क्यासले दुई तथा मौसा डियाबीले एक गोल गरेका थिए । लिगमा भिल्लाको यो दोस्रो जित हो ।

सेफिल्डसँगको खेलसँगै सिटीका कोच पेप ग्वार्डिओलाले इंग्लिस प्रिमियर लिगमा प्रशिक्षकका रूपमा दुई सय खेल पूरा गरेका छन् । सन् २०१६/१७ मा उनी सिटीमा आबद्ध भएका थिए । प्रतिस्पर्धामा सिटीले ७९ प्रतिशत बल पोसेसन बनाएको थियो ।

सम्बन्धित् समाचार