गृहपृष्ठ Featured लुम्बिनीमा पावर सेयरङिमा कुरा नमिल्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेन्

लुम्बिनीमा पावर सेयरङिमा कुरा नमिल्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेन्

बुटवल ।

लुम्बिनी प्रदेश सरकारमा पावर सेयरिङमा कुरा नमिल्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकस भएको छ । ८ दलको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीको नेतृत्वमा सरकार रहेको छ ।

 सहमतिअनुसार साना दलहरू सरकारमा गए पनि काँग्रेस र माओवादीबाट बन्ने मन्त्रीहरूको शक्ति बाँडफाँटमा कुरा नमिल्दा ढिलाइ भएको हो ।

यही कारण मुख्यमन्त्री चौधरीले सरकारलाई पूर्णता दिन ढिलाइ गरेको नेपाली कांग्रेसका एक प्रदेश सांसदले बताए । अब पूर्व सहमतिअनुसार नेपाली कांग्रेसले २ र माओवादीले २ मन्त्रालय पाउने भए पनि मुख्यमन्त्री बनेको चार महिना पुग्दा समेत माओवादी र नेपाली कांग्रेसबाट मन्त्री थप्न सकेका छैनन् ।

बजेटपछि सरकार विस्तार गर्ने भनिएको थियो । सरकार विस्तारको काममा ढिलाइप्रति पछिल्ला दिनहरूमा माओवादी र काँग्रेसभित्रै निराश छाउन थालेको सांसदहरूले गुनासो गर्न थालेका छन् ।

माओवादी लुम्बिनी प्रदेश प्रमुख सचेतक इन्द्रजित थारूले  मुख्यमन्त्रीले विभिन्न बहाना देखाउँदै मन्त्रीपरिषद्  विस्तारमा ढिलाइ गरेको आरोप लगाए ।

उनले भने, ‘पार्टीले तीन जनाको नाम पठाएको मध्ये एक जना मात्रै मन्त्री बनेको अरूलाई मन्त्री बनाउन नसक्दा माओवादी पार्टीको शक्ति कमजोर देखिएको छ ।’ छिटै मन्त्रिपरिषद् विस्तार नगरे ती एक जना मन्त्री पनि पार्टीले फिर्ता बोलाउन बाध्य हुने उनले चेतावनी दिए ।

उनले आफ्नो पार्टीले पाउने अर्थ मन्त्रालयसहित अन्य मन्त्रालयहरू पाउने सहमति भए पनि काँग्रेस भित्रको समस्या विस्तार गर्न नसकेको बताए। माओवादीले दाङका धन बहादुर मास्की, रोल्पाका दीपेन्द्र कुमार पुन र बाँकेकी कृष्णा केसीलाई मन्त्री सिफारिस गरेको थियो । त्यसमध्ये अहिले मास्की अर्थ मन्त्री बनेका छन् ।

सम्बन्धित् समाचार