प्रतिनिधि सभाअन्तर्गतका संसदीय समिति सभापतिहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार सभामुख देवराज घिमिरेले निर्वाचित १० वटा समितिका सभापतिहरुलाई शपथग्रहण गराएका हुन्।
संसदीय समितिअन्तर्गत अर्थ समितिको सभापतिमा कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादीका राजकिशोर यादव, कानून, न्याय तथा मानवअधिकार समितिको सभापतिमा माओवादी केन्द्रका विमला सुवेदी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा काँग्रेसकी आरजु राणा देउवा सर्वसम्मत निर्वाचित भएका छन्।
यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको सभापतिमा अब्दुल खान निर्वाचित भएका छन्। यसअघि समितिको सभापतिमा उम्मेदवारी दिएका राप्रपाका गणेश पराजुलीले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएका थिए।