कपिलवस्तु ।
कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर २ को भेला यही भदौ २३ गते हुने भएको छ । सदरमुकाम तौलिहवा स्थित बिपी स्मृति भवनमा भदौ २३ गते बिहान ११ बजे भेला हुने भएको हो ।
क्षेत्रीय समितिको बैठकले भदौ २३ गते भेला हुने निर्णय गरेकोे क्षेत्रीय सभापति केशव कुमार श्रेष्ठले बताए । भदो २३ गते भित्र पार्टीको वडा नगर र प्रदेशको भेला समेग गर्न समेत समितिले मिति तय गरेको छ ।
पार्टीलाई मजबुत बनाउन, सुझाव लगायतका कुराहरु बैठकमा छलफल हुने क्षेत्रीय सभापति श्रेष्ठले बताए । तोकिएको समय भित्र भेला संपन्न गर्न वडा, नगर र प्रदेश समितिलाई उनले आग्रह गरेका छन ।