काठमाडौं ।
नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले नेपाल र पाकिस्तानबीचको खेल नेपालीका लागि पर्वजस्तै भएको बताएका छन् । धेरै नेपालीले यो खेलको प्रतीक्षा गरिरहेको भन्दै उनले भने, ‘सबै नेपालीले यो स्तरमा हामीलाई हेर्न चाहन्थे । नेपाललाई दुई दशकयता हामीले ठूलो प्लेटफर्ममा ल्याउन पाएका छौं । हाम्रो लागि भोलि ठूलो पर्व हो ।’