गृहपृष्ठ Featured पाल्पा पहिरो अपडेट : जिप पुरिँदा मृत्यु भएका तीन जनाकै परिचय खुल्यो

पाल्पा पहिरो अपडेट : जिप पुरिँदा मृत्यु भएका तीन जनाकै परिचय खुल्यो

पाल्पा ।

पाल्पामा भएको जीप दुर्घटनामा ज्यान गुमाएका तीन जनाकै परिचय खुलेको छ ।

दुर्घटनामा गुल्मीको रेसुंगा नगरपालिका–७ की ५० वर्षीया मनकला चुँदारा, पोखरा महानगरपालिका–२५ का ३१ वर्षीय विनोद तिमिल्सेना र जिल्ला प्रहरी कार्यालय, गुल्मीमा कार्यरत प्रहरी सहायक हवल्दार यमबहादुर बोहोराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

घाइते बालकसहित ८ जनाको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भैरहेको छ ।

तानसेन रिडी सडक खण्डको जोर्तेमा माथिबाट खसेको ढुङ्गासहित खसेको पहिरोले बिहान जीप पुगेको थियो ।

गुल्मीबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको जिपलाई पहिरोले पुरेको हो ।

 

सम्बन्धित् समाचार