गृहपृष्ठ Featured एमाले लुम्बिनी अधिवेशन नजिंकिंदै गर्दा गुटगत भेला बढ्यो

एमाले लुम्बिनी अधिवेशन नजिंकिंदै गर्दा गुटगत भेला बढ्यो

बुटवल ।

नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनको मिति नजिंकिंदै गर्दा गुटगत भेला बढेको छ । प्रदेश अधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका हरिप्रसाद रिजालले आफ्नो पक्षमा माहोल बनाउन बुटवलको ढवाहास्थित आरम्भ रिसोर्टमा भेला गरेका छन् ।

रिसोर्टमा मंगलबार पार्टीका केन्द्रीय सदस्य, संघीय र प्रदेश सांसद समेतको सहभागी छन् । रिजाललाई पार्टी महासचिव शंकर पोखरेल निकट प्रदेशका नेताहरु केन्द्रीय सदस्य बलराम अधिकारी, चेतनारायण आचार्य, शिवराज सुवेदी, भूमिश्वर ढकाल, पाल्पाका नारायणप्रसाद आचार्य, नवलपरासीका थानप्रसाद गैरेले साथ दिएका छन् ।

गोप्य भेलामा यी नेताहरुसहित १० वटा जिल्लामध्ये केहीका अध्यक्ष र केहीका सचिवहरु सहभागी भएका थिए । भेलामा चुनाव भएमा रिजालको टिमबाट पदाधिकारीमा कुन कुन नेतालाई समावेश गर्ने भन्ने छलफल भएको थियो । प्यूठान जिल्ला अध्यक्ष विजयविराज विष्टका अनुसार सो भेलामा रोल्पा र रुकुमका नेता भने सहभागी थिएनन् ।

जिल्लाबाट छनोट भएका प्रतिनिधिको गुटगत पक्षधरता र चुनावी रणनीतिबारे रिपोर्टिङ र छलफल भएको विष्टले बताए ।

सम्बन्धित् समाचार