गृहपृष्ठ Featured स्थानीय सरकारलाई थप बलियो बनाउनु पर्नेमा लुम्बिनी प्रदेश सांसद पाण्डेको जोड

स्थानीय सरकारलाई थप बलियो बनाउनु पर्नेमा लुम्बिनी प्रदेश सांसद पाण्डेको जोड

लुम्बिनी प्रदेश सांसद टिकाराम पाण्डेले स्थानिय सरकारलाई थप बलियो बनाउनु पर्नेमा जोड दिनु भएको छ । प्रदेश सांसद पाण्डेले स्थानीय सरकार बलियो भएमात्र सिह दरवारको अधिकार गाउगाउमा भन्ने सरकारको नारा सफल हुने भएकोले पनि स्थानीय सरकारलाई बलियो बनाउनुको बिकल्प नभएको बताउनुभयो ।

उहाँले प्रदेश सरकार अधिकार बिहिन भएकोले केही गर्न सक्ने अवस्थामा नरहेको जिकिर गर्नु भयो । रुरुक्षेत्र गाउँपालिका गुल्मीको बार्षिक समिक्षा गोष्टी तथा कार्यसम्पादन करार संझौता कार्यक्रम को उद्घाटन कार्यक्रममा बोल्दै पान्डेले रुरुक्षेत्र गाउँपालिका का जनप्रतिनिधि हरु र कर्मचारी हरुको एकताको कारण गुल्मी का अन्य पालिकामा भन्दा रुरुक्षेत्र गाउपालिकामा बजेटको सिलिङ केन्द्र प्रदेसबाट बढि पर्नु पनि स्वागतयोग्य र जनप्रतिनिधि हरु सफलताको उचाइ तर्फ अगाडि बढेको यस्ले पुष्टि गर्ने बताउनु भयो ।

कार्यक्रमका जिल्ला समन्वय समितिका अध्यक्ष द्रोण बहादुर खत्रीले रुरुक्षेत्र गाउँपालिकाले उत्पादनमा जोड दिनु पर्ने र त्यसमा पनि रुरुकै पहिचान बनेको उखु लगाएतका स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर काम गर्न जनप्रतिनिधि लाई आग्रह गर्नु भयो । प्रमुख खत्रिले कार्यसम्पादन करार संझौता, कागजमा मात्रै नभई ब्याभार मा उतार्न सेवाप्रवाहमा सेवाग्राहीले अनुभुती गर्ने गरि कार्यान्वयन गर्न आग्रह गर्नु भयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष यदु ज्ञववालीले सबैै योजनाहरु असोज महिना भित्र संझौता र टेण्डर प्रक्रिया सक्ने र बिकासलाई दुर्त गतिमा अगाडि बढाउने बताउदै योजना हरुको अनुगमनलाई प्रभाबकारी बनाउने सेवाप्रवाहमा अब्बल बनाउन मुस्कान सहितको सेवा दिन सबै जनप्रतिनिधि कर्मचारी आआफ्नो ठाउँबाट लागिपर्नु पर्ने मा जोड दिनु भयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिनादेबी गौतमले प्रतिबद्धता र करार सफल कार्यान्वयनको लागि कुनै कसुर बाकि नराख्ने बताउदै योजना हरुको अनुगमन लाई प्रभावकारी पारिएको बताउनु भयो । बार्षिक समीक्षा कार्यक्रममा गाउपालिका का प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पान्डेले रुरुक्षेत्र गाउपालिका ले गत आर्थिक बर्ष २०७९/२०८० को कुल बजेट ६२ करोड १० लाख ७४ हजार ४ सय ९ रुपैयाको आय ब्याय प्रस्तुत गर्दै ८४।४८ प्रतिशत बित्तिय प्रगती भएको प्रतिवेदना सार्वजनिक गर्दै चालु तर्फ ८७। १ प्रतिशत र पूँजिगत तर्फ ८०।४५ प्रतिशत बित्तिय प्रगती उल्यख भएको जानकारी गराउनु भयो ।

कार्यक्रममा बिभिन्न शाखा र ६ वटै वडाको बार्षिक प्रतिबेदन प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले प्रमुख प्र शासकिय अधिकृत लक्ष्मण पाण्डे लाई ५१ बटा सुचकमा करार सम्झौता गराउनु भएको थियोे भने प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पान्डेले गाउपालिका का विभिन्न १२ वटा शाखा प्रमुख र ६ वटा वार्डका सचिब हरुलाई १०० पुर्णाङक को ३ महिने करार सम्झौतामा हस्ताक्षर गरि प्रत्यक ३ महिनामा प्रमुख प्रशासकीय अधिकृत समक्ष प्रतिबेदन पेस गर्ने गरि हस्ताक्षर गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पान्डेले जानकारी दिनु भयो ।

कार्यक्रममा योजना तथा अनुगमन शाखाका रुद्रहरी पुरीले ३ सय ३१ योजना मध्ये ३ सय २६ सम्पन्न भएकको ४ वटा बहुबर्षिय रहेको र एउटा ययोजना असफल भएको प्रतिबेदन प्रस्तुत गरेका थिए । पूर्वाधार बिकास शाखाका मिलन श्रेष्ठले सडक, भवन, खानेपानी लगायतका योजनाको रिपोर्ट दिदै सानो रकमका योजनाले झन्झट मत्रै थपेको उल्ययख गर्नु भयो ।

स्वास्थ्य शाखा प्रमुख छत्र बहादुर अधिकारीले स्वास्थ्य क्षेत्रको प्रतिबेदन प्रस्तुत गर्दै बिभिन्न समयमा पालिकाले संचालन गरेका शिबिर निकै प्रभाबकारी रहेको उल्यख गर्नु भयो ।

शिक्षा शाखा प्रमुख झबिलाल बिकले शैक्षिक प्रतिबेदन प्रस्तुत गदै, सामुदायिक बिद्यालयमा प्रधानाध्यापक खुल्ला प्रतिशप्रधा बाट नियुक्त गर्ने कार्यबिधी तयार भई निर्णयको लागि छलफलमा रहेको बताउनु भयो । नितिगत समस्याको कारण पालिका भित्रका ३ वटा क्यम्पसले गालिकाको अनुदान प्राप्त गर्न नसकेको पनि प्रतिबेदनमा उल्यख गर्नु भएको छ ।

कृषि शाखाकी पबित्रा गौतमले पालिकामा कृषी उत्पादनमा बृद्धी भएको बताउदै आलु पकेट कार्यक्रम प्रभाबबारी रहेको उल्यख गर्नु भयो ।
पशु शाखाका प्रमुख अमीत ज्ञवालीले रेबिज, लम्पीस्किन लगायतले पशु पालनमा क्षती पुगेको बताउदै अब पालिका सामान्य हुदै गएको उल्यख गर्नु भयो ।

प्रशासन शाखा प्रमुख राम प्रसाद ज्ञवालीले प्रशासनिक प्रतिबेदन प्रस्तुत गर्दै पालिकाले बिज्ञापन गर्दा पनि आबेदन पर्न छोडेको र कर्मचारी अभाब भएको उल्यख गर्नु भयो । आर्थिक प्रशासन प्रमुख हेम बहादुर कार्कीले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

यसै गरि प्रधान मन्त्री रोजगार तथा न्यायीक समितिका बिष्णुु रेग्मी,आन्तरिक लेखा परिक्षणका युवराज केशी ,पंजीकरण शाखाकी सीता ज्ञवाली,लधुउद्यम बिकास शाखाकी प्रतिमा पचभैया,आयुरबेद शाखाका नन्द बहादुर गेलाङ्ग र ६ वटै वडाका सचिबहरुले आआफ्ना प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

सम्बन्धित् समाचार