गृहपृष्ठ Featured कपिलवस्तुको बुद्धभूमिमा खोलाले बगाएर एक वृद्धको मृत्यु

कपिलवस्तुको बुद्धभूमिमा खोलाले बगाएर एक वृद्धको मृत्यु

कपिलवस्तु ।

कपिलवस्तुको बुद्धभूमिमा खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका –१ का ६४ वर्षीय नुमलाल गैरे मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले बताउनुभयो ।

गुडरुङ खोला आसपासमा भैसी चराउन गएका बेला बाढीले उहाँलाई बगाएको प्रहरीले जनाएको छ । भैँसी चराउँदै गर्दा बाढी आउन लागेपछि खोलापारी रहेको भैँसी फर्काउन जानेक्रममा सोमबार दिउसो ३ बजे खोलाले बगाएको थियो ।

नेपाल प्रहरी र स्थानीयले खोजतलासको क्रममा मंगलबार बिहान वडा ३ रनगाईमा शव फेला परेको थियो ।

मृतकको शवको पोष्टमार्टम गरी परिवारका सदस्यलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार