गृहपृष्ठ Featured कपिलवस्तुको पराजुली राईस मिलमा चोरी

कपिलवस्तुको पराजुली राईस मिलमा चोरी

प्रकाशित मिति:
बैखरी अनलाइन , तौलीहवा ।
कपिलवस्तु नगरपालिका वडा नम्बर १ आनन्दबाग स्थित पराजुली राईस मिलमा बुधवार राति चोरी भएको छ ।
मिलमा कोही नभएको मौका छोपी चोरहरुले ताला र ढोको कब्जा फोरेर ३५ हजार बढी रकम चोरेको हुन ।
मिलका मालिक दामोदर पराजुली राति मिलमा सुत्ने गरेकोका बुवा बिरामी भएका कारण दुई दिन देखि घर मै सुत्दै आएका थिए ।
चोरहरुले दराज र गल्ला फोरेर ३५ हजार बढी रकम चोरेर लगको मिल मालिक पराजुलीले बताए ।
मिलमा २०, १०, ५ का नोटको गड्डी र सिक्काहरु थियो । मिलमा तेश्रो चोटी चोरी भएको हो ।
यस अघि दुई पटक चोरी हुदा समेत प्रहरीले हाल सम्म चोरहरुलाइृ समात्न सकेको छैन । प्रहरीले घटनाको अनुसंधान र चोरहरुको खोजी भईरहेको जनाएको छ ।

सम्बन्धित् समाचार