वैखरी अनलाईन, बाणगंगा ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले हरितालिका तीजका नाममा खर्चिला तथा तडकभडकका कार्यक्रम नगर्न भन्दै सुचना जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले शुक्रबार यस्तो सुचना जारी गरेका हुन् ।
‘विगत केही वर्ष यता हरितालिका (तिज) पर्व मनाउने नाममा अत्यन्त खर्चिला तथा तडक भडक कार्यक्रम गर्ने प्रवृत्तिका कारण विभिन्न विकृति विसंगति एवं सामाजिक अपराधलाई प्रोत्साहन पुगेको देखिन्छ । तसर्थ आफ्नो परम्परा एवं सामाजिक रितिरिवाजलाई निरन्तरता दिने तथा सम्बर्द्धन गर्ने बाहेक अन्य कुनै पनि खालका खर्चिला तथा भड्किला कार्यक्रम तथा क्रियाकलापहरु संचालन नगर्नु÷नगराउनु हुन सम्पूर्ण जिल्लाबासीहरुमा अनुरोध छ ।’ उक्त सुचनामा उल्लेख छ ।
साथै प्रशासनले तिजको अवसरमा सार्वजनिक स्थल, पार्टी प्यालेस लगायतका अन्य स्थानहरुमा कानून विपरित रकम संकलन गर्ने उद्देश्यले मेला, महोत्सव आयोजना नगर्नु हुन अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले सामाजिक अनुशासन कायम गर्ने यस कार्यमा राजनितिक दल, नागरिक समाज, पेशागत संघ संस्थाहरु, संचारकर्मीहरु र महिला सञ्जाल तथा सम्पूर्ण जिल्लावासीहरुबाट सहयोगको रहने विश्वास व्यक्त गरे ।
कसैले सूचना विपरित गरे गराएमा प्रचलित कानून बमोजिम कारवाही हुने सोही सुचनामार्फत चेतावनी समेत दिएको छ ।
यस्तो छ जारी सुचना :








