गृहपृष्ठ कपिलवस्तु बिशेष लुम्बिनी पुगेका पर्यटकमध्ये १० प्रतिशत पनि पुग्दैनन् तिलौराकोट

लुम्बिनी पुगेका पर्यटकमध्ये १० प्रतिशत पनि पुग्दैनन् तिलौराकोट

कपिलबस्तुको तिलौराकोट गौतमबुद्धले २९ वर्ष बिताएको ठाउँ हो। जुन बुद्ध जन्मस्थल लुम्बिनीबाट २४ किलोमिटरको दुरीमा छ। गौतम बुद्ध रुपन्देहीको लुम्बिनीमा जन्मीएपछि उनको बाल्यकाल र युवा अवस्थाको केही समय तिलौराकोटमै वित्यो। तिलौराकोट गौतमबुद्धका पिता राज शुद्धोधनको राजदरबार भएको ठाउँ हो।

बुद्धको जन्म भएको स्थान लुम्बिनी मुलुकको प्रमुख पर्यटकीय गन्तव्य हो। नेपालभित्रै र विभिन्न देशबाट समेत लुम्बिनीमा पर्यटक आउने गर्दछन्। तर बुद्धजन्मस्थल लुम्बिनी आउने पर्यटक मध्ये १० प्रतिसत पनि तिलौराकोट पुग्दैनन्।

सन २०२२ को सुरुवातदेखि २०२३ को जुलाइसम्म स्वदेशी र विदेशी गरि कुल १२ लाख १० हजार ७० पर्यटक बुद्ध जन्मस्थल लुम्बिनी आएका छन्। यही अवधिमा तिलौराकोट पुग्नेको संख्या १ लाख ४ हजार मात्र छ। यो तथ्यांकलाई आधार मान्दा लुम्बिनीमा आएको पर्यटक मध्ये साढे ८ प्रतिसत मात्र तिलौराकोट जाने गरेका देखिन्छ।

देशका विभिन्न भागबाट आएका आन्तरिक पर्यटकहरु धेरै जसो लुम्बिनी मात्र भ्रमण गर्ने गर्दछन्। तिलौराकोटको बारेमा उनीहरु खासै ध्यान दिँदैनन्।भारतले कपिलबस्तु नेपालको भनेर स्वीकार गरेको छैन। उसले बुद्धको क्रिडास्थल आफ्नै भूमि भएको दाबी गर्दै आएको छ। जस कारण लुम्बिनी आएका भारतीयहरु तुलनात्मक रुपमा निकै कम नै तिलौराकोट पुग्ने गरेका छन्।

तर राहदानी बाहक तेस्रो मुलुकका पर्यटक भने केही बढी लुम्बिनीसँगै तिलौराकोट जाने गरेको देखिएको छ। विशेष गरि थाइल्याण्ड, म्यानमार, श्रीलंकाबाट आएका पर्यटक तिलौराकोट पुग्ने गरेका छन्।

सम्बन्धित् समाचार