गृहपृष्ठ Featured दाङबाट ६ जना जुवाडे पक्राउ

दाङबाट ६ जना जुवाडे पक्राउ

प्रकाशित मिति:

काठमाडौँ ।

दाङको घोराही उपमहानगरपालिका वडा नम्बर–१४ बाट प्रहरीले आधा दर्जन जुवाडेहरुलाई पक्राउ गरेको छ । स्थानीय जगत चौधरीको टिनको छाप्रोमा जुवा खेलिरहेको अवस्थामा आरोपीतहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ पर्नेमा ३३ वर्षीय बिबेक चौधरी सहित ६ जना छन् । शुक्रबार बिहान वडा प्रहरी कार्यालय घोराहीबाट गस्तीमा गएको टोलीले उनीहरूलाई पक्राउ गरेको छ ।

जुवा खालबाट प्रहरीले ४७ हजार ३ सय नगद र तास बरामद गरेको छ ।

त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार