गृहपृष्ठ Featured पाल्पाका ग्रामीण बस्तीमा तायामचाको रौनक

पाल्पाका ग्रामीण बस्तीमा तायामचाको रौनक

प्रकाशित मिति:

पाल्पा ।

पाल्पा सदरमुकाम तानसेनमा तायामचा नदेखेको वर्षौं भइसक्यो । ग्रामीण नेवारी बस्ती (हटिया) मा भने तायामचा निकाल्ने परम्परा कायमै छ ।  मान्छेको पहिरन लगाएर सिङ बनाई महिलाका लुगाहरू दुपट्टा, तास, ढाका र अन्य चोलीहरू डोकोमा बेरी गाईलाई समेत पूजा गर्दै बजार परिक्रमा गरिने नाच तायामचा हो ।

रिब्दीकोट गाउँपालिका–३, खस्यौली हार्थोकका चिरञ्जीवी अमात्यका अनुसार जनैपूर्णिमाको अर्को दिनमा निकालिने तायामाचा नेवार समुदायको सांस्कृतिक पर्व हो ।

बस्तीमा मानिसको चहलपहल हुँदा धेरै तायामचा निकाल्नेन प्रचलन थियो ।

सम्बन्धित् समाचार