गृहपृष्ठ Featured मेयर बालेनले आक्रोशित हुदैं भने– सिंहदरबारमा आगो लगाइदिन्छु

मेयर बालेनले आक्रोशित हुदैं भने– सिंहदरबारमा आगो लगाइदिन्छु

प्रकाशित मिति:

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका छन् । शनिबार राति उनले फेसबुकमा सरकारप्रति रोष प्रकट गरेका हुन् ।

उनले संघ सरकारलाई चेतावनी दिएका छन् । महानगरपालिकाको गाडी रोक्ने कार्य गरिए देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आगो लगाइदिने धम्की उनले दिएका छन् ।

संघ सरकारका तर्फबाट शनिबार महानगरको गाडी रोकिएको उनको संकेत छ । तर, त्यसबारेमा विस्तृतमा केही खुलाएका छैनन् ।

“आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार,” उनले फेसबुकमा लेखेका छन् ।

सम्बन्धित् समाचार