गृहपृष्ठ Featured बाणगंगाको राजापानीमा ‘गिद्ध रेष्टुरेन्ट’ बनाउने गृहकार्य !

बाणगंगाको राजापानीमा ‘गिद्ध रेष्टुरेन्ट’ बनाउने गृहकार्य !

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका- ३ राजापानीमा गिद्ध रेष्टुरेन्ट बनाउने गृहकार्य सुरु भएको छ । जसका लागी स्थानीय तहका जनप्रतिनिधिदेखि लिएर सरोकारवालासंग छलफल गर्दै योजनावद्ध रुपमा अघि बढ्ने तयारी भएको बताईएको छ ।

आईतबार १५ औं अन्तरराष्ट्रिय गिद्ध संरक्षण दिवसमा अवसरमा राजापानी सामुदायिक वन उपभोक्ता समितिले आयोजना गरेको गिद्ध संरक्षण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सोबारे जानकारी गराईएको हो ।

राजापानी सामुदायिक वनमा १०४ वटा गिद्धका गुढ फेला परेको वनकी अध्यक्ष सितादेवी पौडेलले जानकारी दिईन् । पछिल्लो समय गिद्धको संख्या घट्दै जानु चिन्ताको विषय भएको उनले बताईन् । राजापानीमा गिद्ध रेष्टुरेन्टको निर्माणले नेपालसहित विश्वको नजरनै यहाँ पर्ने बताउँदै उनले भनिन् ‘यहाँ आउने पर्यटकको संख्यामा उल्लेख्य मात्रामा वृद्धि गर्न सघाउ पुग्छ ।’

बाणगंगा नगरपालिका ३ का वडाध्यक्ष टेक बहादुर झेडी मगरले गिद्ध संरक्षणमा हातेमालो गर्दै अगाडी बढ्नुपर्ने बताए । गिद्ध संरक्षणका प्रयासमा सबैले योगदान पुर्याउँदै आआफ्नो भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई छ ।

नेपाल पाराभेटेनरी एण्ड लाइभस्टक एशोसिएसन ‘नेभ्ला’ कपिलवस्तुका जिल्ला अध्यक्ष प्रमेश्वर यादवले गिद्ध संरक्षणको लागी आफुहरुले ५ बुँदे घोषणा पत्र जारि गरेको जानकारी दिए । ‘समुदाय स्तरमा जनचेतना जगाउने, गिद्धलाई असर गर्ने औषधीको निगरानी गर्ने, प्रतिबन्धित औषधीको बारेमा एग्रोभेटमा अनुगमन तथा नियमन गर्ने, सरोकारवालासंग सहकार्य गर्नुको साथै जिल्लामा रहेको गिद्धहरुको एकिन गर्ने’ उनले भने ।

बाणगगा नगरपालिकाका पशु चिकित्सक सन्तोष भण्डारीले पशुहरुमा प्रयोग गरिने डाइक्लोफेनक सोडियम जस्ता औषधीको प्रयोग र त्यस्ता पशुको सिनो खादा गिद्ध मर्ने गरेको बताए । सरकारले त्यस्ता प्रकृतिका औषधी प्रयोगमा निषेध गरेता पनि लुकी छिपी प्रयोग गर्दा समस्या विकराल बन्दै गएको उनले बताए ।

कार्यक्रममा सहजीकरण गरेका नेपाल पंक्षी संरक्षण संघका परियोजना अधिकृत भुपाल नेपालीले गिद्ध संरक्षणको महत्व, ह्रास हुनको कारण, नेपालमा गिद्ध संरक्षणको उपलब्धि तथा प्रयास, गिद्ध संरक्षित क्षेत्रको अवधारणा लगायतको बारेमा चर्चा गरेका थिए । उनले गिद्ध संरक्षणको लागि समुदायसम्म नै जनचेतना फैलाउदै सबै सरोकारवाला एक भएर लाग्नुको विकल्प नरहेको बताए ।

लोपोन्मुख अवस्थामा रहेको गिद्धको वासस्थान संरक्षणमा सामुदायिक वन गम्भिर हुनुपर्ने उनको भनाई छ । उनले गिद्धको वासस्थान संरक्षणका लागी सिमलका तथा अग्ला रुखहरु लगाउने, गिद्धको आहारको लागि जटायु रेष्टुरेष्ट संचालन गर्ने र समुदायमा गिद्ध संरक्षण अभियान संचालन गर्नुपर्ने बताए ।

यसका साथै गिद्ध वस्ने सिमलका रुखहरु पर्याप्त मात्रामा नहुनु, अग्ला अग्ला रुखहरु नष्ट हुनु, गिद्धको लागि आहारा नहुंनु जस्ता समस्याले गिद्धहरु लोप हुदैं गएको एक अध्ययनले देखाएको उनले बताए ।

राजापानी सामुदायिक वनका पुर्वअध्यक्ष ढाकाराम अधिकारीले वन क्षेत्रमा एक सयको हाराहारीमा गिद्ध रहेकोमा सामुदायिक वनले योजना वनाइ यसको सरक्षणमा लाग्ने बताए ।  त्यसको लागि स्थानीय तह र जिल्लाका ्राविधिक समुह र सरोकारवलाहरुको हयोको अपेक्षा रहेको बताए ।

विश्वमा २३ प्रजातीका गिद्ध रहेक छन भने नेपालमा ९ प्रजातीका रहेका छन् ।

सम्बन्धित् समाचार