गृहपृष्ठ Featured गुल्मीमा चट्याङ लागेर ९ विद्यार्थी घाइते

गुल्मीमा चट्याङ लागेर ९ विद्यार्थी घाइते

गुल्मी ।

गुल्मीमा चट्याङ लागेर ८ जना विद्यार्थी घाइते भएका छन् । मुसिकोट नगरपालिका–६ को कुर्घा निम्न माध्यमिक विद्यालयमा सोमबार दिउँसो सवा ३ बजे चट्याङ लागेर ८ जना विद्यार्थी घाइते भएको विद्यालयका प्रधानाध्यापक मोतीप्रसाद शर्माले जानकारी दिए ।

विद्यालय परिसरमै परेको चट्याङबाट कक्षा–६ कि ईशा घर्ती, झलका विक, अनुजा विक, कक्षा ८ का अनिशा विक र कक्षा ७ का सिर्जना शर्मा, समीक्षा थापा, कल्पना विक, बुद्धिमाया नेपाली घाइते भएको प्रधानाध्यापक शर्माले बताए ।

शर्माका अनुसार घाइतेमध्ये ईशा, झलका, अनुजा, अनिशा र सिर्जनालाई कुर्घा स्वास्थ्यचौकीले मिसन अस्पताल पाल्पा रिफर गरिएको छ । अन्य चार जनाको अवस्था सामान्य रहेकोले स्थानीय स्वास्थ्यचौकीमा सामान्य उपचारपछि घर पठाइएको छ ।

सम्बन्धित् समाचार